रविका विश्वासपात्र रास्वपा नेता अमेरिकामा पक्राउ

रविका विश्वासपात्र रास्वपा नेता अमेरिकामा पक्राउ
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका अति निकट तथा विश्वासपात्र मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा केन्द्रीय सदस्यसमेत रहेका थापा पेन्सिलभेनिया विमानस्थलमा पक्राउ परेको बताइन्छ । 

यता लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा केही दिनअघि अमेरिका गएका थिए । 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको अमेरिका भ्रमणको क्रममा कालोझण्डा देखाउनेलगायत विरोध कार्यक्रमको निम्ति उनी सक्रिय भएको आरोप छ । थापामाथि यसअघि अमेरिकामा सवारी लाइसेन्स दुरुपयोग गरेको आरोपमा कारबाही भएको थियो ।
 

टिप्पणीहरू