युक्रेनलाई प्राप्त हुँदै आएको अमेरिकी सैन्य सहयोग ठप्प

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोगमा रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हालै ह्वाइट हाउसमा भएको चर्को विवादपछि उक्त निर्णय बाहिर आएको छ ।
अमेरिकी अधिकारीहरुले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षाको निम्ति तत्काल रोक लगाइएको बताएका छन् । युक्रेन युद्धमा युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहयोग र हतियार अमेरिकाले उपलब्ध गराउँदै आएको छ ।
अस्ति आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुसका साथ युद्धविराम सम्झौताबिना जेलेन्स्की लामो समय सत्तामा टिक्न नसक्ने दाबी गरेको भोलिपल्ट उक्त निर्णय गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू