एन्टीबायोटिक औषधीको खपत विवरण माग

औषधी व्यवस्था विभागले प्रतिजैविक (एन्टीबायोटिक) औषधीको खपत विवरण मागेको छ ।
विभागले सूचना जारी गर्दै सम्बन्धित उत्पादक तथा आयातकर्तालाई विवरण उपलब्ध गराउन भनेको हो । सन् २०२४ मा खपत वा प्रयोग भएको एन्टीबायोटिक औषधीको विवरण विभागले तयार गरेको ढाँचामा इमेलमार्फत आउँदो चैत १ गतेभित्र पठाउन भनिएको छ ।
विभागका अनुसार सन् २०२३ सम्म औषधीको खपत विवरण विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को विश्वव्यापी एन्टिमाइक्रोबियल प्रतिरोध र प्रयोग निगरानी प्रणाली (ग्लास) मा पेश भइसकेको छ । गत वर्षजस्तै सन् २०२४ मा पनि प्रतिजैविक औषधीहरुको प्रयोग तथा खपत विवरण समयमै पठाएर सहयोग गर्न आग्रह गरेको छ ।
साथै, विश्व पशु स्वास्थ्य संगठनमा रिपोर्टिङ्ग गर्नुपर्ने भएकाले नेपाली औषधी उत्पादक तथा आयातकर्तालाई सन् २०२२, ०२३ र ०२४ को पशुपन्छीमा प्रयोग तथा खपत भएका प्रतिजैविक औषधीको खपत विवरण पेश गर्न पनि भनिएको छ ।
टिप्पणीहरू