पद्मकन्यामा पनि तालाबन्दी,निर्वाचन अनिश्चित

पद्मकन्यामा पनि तालाबन्दी,निर्वाचन अनिश्चित
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयका आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । काठमाण्डौ उपत्यकाका अधिकांश ठूला क्याम्पसमा निर्वाचन प्रक्रिया नै शुरु हुन सकेको छैन । 

बाबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियुलगायत विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । "निर्वाचन मण्डलले मनोमानीपूर्वक  सर्वदलीय वैठक नराखी निर्वाचन अधिकृत उपस्थित नहुँदासमेत निर्वाचन कार्यक्रम अघि बढाएको,निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमति विना नै मनोनयन पत्र बाँडेको आरोप छ  । अखिल नेत्री शोभा सापकोटा भन्छिन्"विदाको दिन नोमिनेसन राखेर जवर्जस्ती,एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएको हुँदा हामीले तालाबन्दी गरेका हौं ! माग पूरा नभएसम्म ताला खोल्दैनौँ ।" 

यसैबीच पद्मकन्याबाट गएराती होस्टेलका केही विद्यार्थी हराएको गुनासो दर्ज भएको छ ।

टिप्पणीहरू