रविले निकितासँग होली मनाए, ओलीलाई बालबालिकाको साथ

हिमाली र पहाडी क्षेत्रका जिल्लाहरुमा आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ । एक-आपसमा रङ्ग दलेर खुसी साटासाट गर्दै हर्सोल्लासका साथ यो पर्व मनाइन्छ ।
यसैबीच पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि होली मनाएका छन् । सहकारी ठगी प्रकरणमा अदालतको आदेशले धरौटीमा छुटेपछि हात्तीगौँडास्थित निवासमा समय बिताइरहेका उनले पत्नी निकिला पौडेलसँग होली खेलेका हुन् ।
निकिताले फेसकुबमा ‘मायाको रंग’ क्याप्शन लेख्दै लामिछानेसँगको तस्वीर शेयर गरेकी छन् । दुवै जनाले हातमा रङ्गको थाली बोकेका छन् भने एकअर्काको गालामा रङ्ग दलेको देख्न सकिन्छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि होलीको खुसी साटेका छन् । एउटा सार्वजनिक कार्यक्रममा बालबालिकासँग रङ्ग दलेर उनले होली मनाएका हुन् ।
टिप्पणीहरू