विश्व बैंक र आइएमएफ कार्यालयमा मागपत्र बुझाउने तयारी

विश्व बैंक र आइएमएफ कार्यालयमा मागपत्र बुझाउने तयारी
सुन्नुहोस्

अन्तर्राष्ट्रिय जनअदालत (आइपिटी)को अगुवाइमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नागरिक आन्दोलन र संघ संस्थाहरुले नेपालस्थित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कार्यालयमा माग पत्र बुझाउने भएका छन् । 

आज अपराह्न रत्नपार्कबाट शान्तिपूर्ण र्याली गर्दै दुबै कार्यालय पुगेर मागपत्र पेस गर्ने आयोजकले जनाएको छ । त्यसअघि दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराउने तयारी छ । 

आयोजक संस्था आइपिटीले अपराह्न ३ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा भेला हुन सम्बन्धित सरोकारवालाहरुलाई खबरसमेत गरेको छ । आइपिटी सामाजिक तथा जलवायु न्याय आन्दोलनको एउटा स्वतन्त्र मञ्च हो, जसले विश्व बैंक र आईएमएफका नीतिबारे बहस चलाउने गर्छ । 

विश्व बैंक र आईएमएफका नीतिले विश्वमा संकटलाई तीव्र बनाउने, सार्वजनिक सेवा प्रणालीलाई कमजोर पार्ने, खनिज इन्धनको लगानी विस्तार गर्ने र जलवायु परिवर्तनका झूटा मुद्दाको प्रवद्र्धन गर्दै आएको आइपिटीको ठहर छ । यसले विश्व बैंक र आइएमएका परियोजनाहरुको प्रभाव विश्लेषणसमेत गर्ने गरेको छ ।

टिप्पणीहरू