कांग्रेस सांसदलाई बिग्रेको क्यामेराले डिस्ट्रव गरेपछि...

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदको बैठक कक्षमा बिग्रिएको क्यामेरा राखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आजको प्रतिनिधिसभा चलिरहँदा एक्कासी हात उठाएर बोलेका उनले 'तीन खुट्टा क्यामेरा' को व्यवस्थापन गर्न आग्रह गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले बिग्रेको क्यामेराले बैठकको शोभा घटाएको बताएपछि अन्य सांसद हाँसेका थिए ।
‘सभामुख महोदयको ठयक्कै दायाँबट्टी, अनि मेरो बायाँ पट्टीको बीचमा एउटा तीन खुट्टे क्यामेरा उभिराख्या छ, तर यसको काम र प्रयोजन छैन’, उनले भने, ‘यो बिग्रिएको छ, यसले बैठकको शोभालाई डिस्टर्ब गर्याजस्तो लाग्यो, अन्य मान्यज्यूहरुलाई त ठिकै छ कि (हाँस्दै) !’
त्यसपछि सभामुख देवराज घिमिरेले ‘ध्यानकर्षण भएको’ भन्दै सभा अघि बढाए ।
टिप्पणीहरू