फेरि सडकमा ओर्लंदै सहकारी पीडित

देशभरका लाखौं सहकारीपिडित पुन: सडकमा उत्रने भएका छन् । बचत फिर्ताका लागि सरकारसँग भएका पटक-पटकको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलनमा ओर्लन लागेका हुन् ।
आगामी चैत १७ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो संख्यामा सहकारी पीडितलाई भेला गरेर सरकारमाथि दबाब बढाउने तयारी छ । त्यसबारे जानकारी दिन आज जावलाखेलमा आयोजना गरिएको जागरण र्यालीमा पीडितहरुले अबको आन्दोलन निर्णायक हुने दाबी गरे ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा बिहान ललित मण्डपमा उपस्थित प्रदर्शनकारीले यसअघि भएको सात बुँदे सहमति कार्यन्वान्य गर्न माग गरेका छन् ।
त्यसक्रमा 'सहकारी बचतकर्ताहरु संरक्षण राष्ट्रिय अभियान महासंघ भएका सम्झौताहरु कार्यन्वयन गर', 'हाम्रो सम्झौता राजपत्रमा प्रकाशित गर', 'सरकार पीडितको बचत अपचलन गर्ने ठगकाे सात पुस्ते सम्पत्ति जफत गर', लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
महासंघका काेषाध्यक्ष देव श्रेष्ठकाे नेतृत्वमा भएको प्रदर्शन तथा जागरण र्यालीमा केन्द्रीय प्रतिनिधिहरु जगन्नाथ सापकोटा, पहल सिंह केसीलगायत करिब ७ दर्जन सहकारी पीडित उपस्थित थिए ।
टिप्पणीहरू