आफ्ना कुरा सुनाउन शिक्षकहरु घण्टीको अफिसमा

विभिन्न माग राख्दै सडक संघर्षमा उत्रिएको नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
आज दिउँसो काठमाडौँ महानगरपालिका वडा नम्बर १६ वनस्थली चमतिस्थित सो पार्टीको मुख्यालय पुगेर शिक्षकहरु धर्नामा बसेका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीकाे नेतृत्वमा ब्यानरसहित र्याली गर्दै त्यहाँ पुगेको टोलीले ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
माग सम्बोधन गराउन सरोकारवाला सबै पक्षलाई खबरदारी गर्ने निर्णयअनुसार महासंघले प्रमुख राजनीतिक दलको कार्यालयमा क्रमैसँग धर्ना दिइरहेको छ । बिहीबार च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिएका आन्दोलनकारी शिक्षकहरु शुक्रबार माओवादी मुख्यालय पुगेका थिए ।
टिप्पणीहरू