प्रधानमन्त्री र प्रचण्डको विरोधमा मसाल जुलुस

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्दै राजधानीमा मसाल जुलुस निकालिएको छ ।
राप्रपाद्वारा निराजन बमलाई रिहाइको माग गर्दै सिनामंगलमा साँझ परेपछि मसाल जुलुस निकालिएको हो ।
यता प्रचण्डले फोटो जलाउँदैमा कसैलाई पक्राउ गर्न नहुने धारणा राख्नुभएको छ । लोकतन्त्रमा विरोधका प्रकृति र स्वरुप फरक फरक हुने भन्दै उहाँले बमलाई छाडिदिन आग्रह गर्नुभएको हो ।
हिजो हेटौँडामा आयोजित एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता निराजन बमलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनले ‘यो मान्छेलाई चिन्नुहुन्छ नि हैन ?’ भन्दै आगो लगाएका थिए ।
तस्बिरहरु
टिप्पणीहरू