सेनाकाे भाेजमा बिल मिलान

सैनिक विद्युत तथा यान्त्रिक सेवा केन्द्रको वार्षिकउत्सव र विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको इएमइ डे समारोह भर्खरै सकिएको छ । खर्चको कार्यविधि मिचेर सहायकरथी गजेन्द्रनाथ कर्माचार्य, महासेनानी दिपक अधिकारीले मनपरी गरेको अवस्था छ ।
खर्च भएको रकमभन्दा तीन गुणा बढी हिसाब देखाउन केन्द्रपतिको निर्देशनमा प्रबन्ध अधिकृत, राशनको रकम खर्च गर्ने सिनियर सुवेदार र प्रवन्ध पदिक विभिन्न पसल धाउन थालेका छन् । वार्षिक उत्सवका लागि भनी करिब तीन महिना अघिबाट खसी र कुखुराको मासुको स्केल काटी राखिएको थियो तर त्यसदिन ज्यादै न्यून मात्रामा मासु पकाई सम्पूर्ण मासु बजारवाट किनेको बिल ल्याएर हिसाब देखाइएको छ ।
१५० जना मात्र पाहुना बोलाइएकोमा ६०० भन्दा बढी संख्या देखाइएको छ । करिब दुई लाखभन्दा बढीको रक्सी किनेको देखाइयो जबकि २० हजारको मात्र किनिएको हो । जवानहरुले नियमित रुपमा सरकारबाट पाउने राशनलाई क्याटरिङ्गसँगको मिलेमतोमा प्रतिप्लेटको दरले हिसाब गराइएको छ भने पाल सायरमा समेत दोब्बर राखिएको छ । मासिक ठेकेदारबाट दोहोरो घटी बढी बनाई हाकिमहरुले राम्रै आम्दानी गरिरहेका छन् ।
सेनाबाट यस वर्षका लागि सवारीसाधनहरू मर्मत गर्न आधिकारिक कम्पनीको पार्टस लिने सम्झौता भए तापनि ३० लाखभन्दा बढी रकमको पार्टस कार्यालयकै स्टोरबाट हालिएको छ । यसको यथाशीघ्र छानबिन होस् ।
टिप्पणीहरू