प्रचण्डलाई खोज्दै ओली

प्रचण्डलाई खोज्दै ओली

राष्ट्रिय राजनीतिमा राजावादी कित्ताबाट सामान्य तरंग आएसङ्गै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्न खोज्नुभएको बुझिएको छ । राजावादीहरुको ‘चुरिफुरी’ बढेको भन्दै बालुवाटारले खुमलटारसँग सम्पर्क गर्न खोजेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । 

एउटा कोणबाट राष्ट्रिय सहमतिको सरकारको चर्चा चलिरहेकै बेला प्रचण्डसँग भेटवार्ताको निम्ति प्रधानमन्त्री अग्रसर हुनुभएको बताइन्छ । प्रधानमन्त्रीको सचिवालय स्रोत भन्छ, ‘बालुवाटारबाट प्रचण्डसँग कुरा गर्न खोजिएको छ । टाइम पनि मागिएको छ । तर उताबाट रेस्पोन्स आइहालेको छैन ।’

जनआस्थासँगको कुराकानीमा बालुवाटार स्रोत भन्छ, ‘प्रचण्डसँग भेट नभएको धेरै भयो । फोनमा  समेत कुराकानी भएको छैन ।’

तर नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग खुमलटारको एकाध पटक सम्पर्क भएको प्रधानमन्त्री निकटस्थहरुलाई सूचना छ । उहाँहरुबीच केही दिन अगाडि फोन वार्ता भएको माओवादी नेताहरुले पनि स्वीकारेका छन् । हिजो बिहान प्रचण्डको खोजी गर्दै बालुवाटारबाट फोन गएको श्रोत बताउँछ ।

टिप्पणीहरू