ट्रकमा लोड गरिएको २५ करोड बाटैमा बरामद

ट्रकमा लोड गरिएको २५ करोड बाटैमा बरामद
सुन्नुहोस्

ट्रकमा २५ करोड रुपैयाँ लिएर हिँडेका एक व्यक्ति समातिएका छन् । आज बिहान टोखा नगरापालिका-१ स्थित झोर सडकखण्डबाट प्रहरीले ना१ख १६५२ नम्बरको ट्रकसहित एक व्यक्ति लाई नियन्त्रणमा लिएको हो । 

ट्रकबाट नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रासमेत बरामद गरेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ गरिएको व्यक्तिको परिचय खुलाइएको छैन । 

उक्त पैसा चीनको केरुङतर्फ लैजादैँ गरिएको प्रहरीको अनुमान छ । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर ती व्यक्तिलाई सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

 

टिप्पणीहरू