अवैध सुन र २५ करोडको कनेक्सन

काठमाडौँको टोखाबाट २५ करोडभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर सिन्धुपाल्चोक घर भएका ४३ वर्षीय कुसान लामालाई सार्वजनिक गरेको हो ।
प्रहरीले बिहान टोखा नगरपालिका–१ स्थित झोर सडकखण्डबाट ना.७ख १६५२ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो । ट्रकभित्र भेटिएको साढे २५ करोडभन्दा बढी नेपाली र विदेशी मुद्रा अवैध सुन खरिदको लागि चीनको केरुङतर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका लामा यसअघि पनि सात किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए । बरामद रकम ओसारपोसारमा लामा भरिया मात्रै रहेको र मुख्य नाइकेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिरहरु
टिप्पणीहरू