राप्रपाले सुवेदीलाई नमान्ने, बरु आफैँ कस्सिने

राप्रपाले सुवेदीलाई नमान्ने, बरु आफैँ कस्सिने
सुन्नुहोस्

राजेन्द्र लिङ्गदेन नेतृत्व राप्रपाले आफ्नै खुट्टामा उभिएर आन्दोलन गर्ने भएको छ । पूराना खाँटी पञ्चको रुपमा चिनिएका नवराज सुवेदीको नेतृत्वमा गठित आन्दोलन परिचालन समितिमा सहभागी नहुने राप्रपाको निर्णय छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको रुचीअनुसार सुवेदीको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन भएको २४ घण्टामै राप्रपाले उक्त निर्णय गरेको हो । जसअनुसार अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपा अब राजसंस्था फर्काउन सडकमा उत्रिनेछ ।   

चैत १२ गते आन्दोलन मूल समितिको बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने राप्रपाको तयारी छ ।

टिप्पणीहरू