गणतन्त्रको पक्षमा एमालेको प्रदर्शन र जनसभा

नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना अभियान थाल्ने भएको छ । हाल देखिएको प्रतिगामी गतिविधिविरूद्ध जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान गर्न लागिएको छ ।
जसअन्तर्गत आगामी सोमबार मुलुकभरका स्थानीय निकायका सबै वडामा सचेतना कार्यक्रम गर्न लागिएको हो । त्यसपछि क्रमशः प्रदेश र जिल्लामा जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली र ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा राखेको छ ।
चैत २४ देखि ३० गतेसम्म बागमती बाहेक छ वटा प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम तय भएको छ । उक्त दिनको प्रदर्शन र जनसभा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा हुने छ ।
टिप्पणीहरू