नितम्ब देखाउने जापानी महिला ‘डिपोर्ट’,भारतीयमाथि मुध्दा
सिंगापुरको अध्यागमन कार्यालयले एक जना भारतीय पयर्टक र चिनियाँ अध्यागमन कार्यालयले एक जना जापानी पर्यटकलाई देशबाट निश्कासन गरेका छन् । पर्यटकको रुपमा ती मुलुक घुमघाम गर्ने भारतीय नागरिकले सिंगापुर विमानस्थलको ड्युटी फ्रिबाट महँगो अत्तर चोरेको र जापानीले विश्व सम्पदासूचीमा सूचीकृत ग्रेटवालमा नितम्ब देखाएर फोटो खिचेकोले डिपोर्ट गरिएको बताइन्छ ।
एएफपीका अनुसार जापानी महिला पर्यटकले केही समयअघि नितम्ब देखाएर ग्रेटवालमा फोटो खिचेकी थिइन् । २० वर्षका दुई जना पर्यटक उक्त हर्कतमा संलग्न भएवापत दुई सातासम्म उनीहरुलाई हिरासतमा राखिएको थियो । बेइजिङस्थित जापानी दूतावासले उनीहरुको हवाला दिँदै उक्त फोटो रमाइलोको लागि खिचेको प्रतिक्रिया दिएको थियो ।
यता सिंगापुरमा फरफ्युम चोरीको आरोपमा २८ वर्षीया भारतीय महिलामाथि मुद्दा चलाइएको छ । चाँगी इन्टरनेशनल एअरपोर्टको टर्मिनल २, प्रस्थान कक्षभित्रको ड्युटी फ्रि पसलबाट उनले ५५६ अमेरिकी डलर मूल्यका दुई बोटल अत्तर चोरेकी थिइन् । उनलाई जरिवाना वा सात वर्ष कैद वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
यसअघि गत जनवरीमा पनि त्यस्तै एक भारतीय महिला पर्यटकले सोही स्थानबाट ७३० अमेरिकी डलर मूल्यको केही अत्तर र उपहारका सामग्री चोरेको अभियोगमा केही समय हिरासतमा राखेर भारत फर्काइएको थियो ।
टिप्पणीहरू