लुजाउमा पोखरेली टोलीको भव्य स्वागत

लुजाउमा पोखरेली टोलीको भव्य स्वागत
सुन्नुहोस्

चीन भ्रमणमा रहेको पोखरा महानगरपालिकाको टोली सिचुवान प्रान्तको सुन्दर नगरी लुजाउ पुगेको छ । नगर प्रमुख धनराज आचार्य नेतृत्वको टोली छेन्दु हुँदै आज त्यस ठाउँमा पुगेको हो । 

नेपाली पाहुना टोलीलाई चिनियाँ कम्युनिष्ट पार्टी लुजाउका उपसचिव यु जिआन नेत्रित्वको टिमले भव्य स्वागत गरेको जनाइएको छ । पोखरा र लुजाउ शहरबीच पर्यटन प्रवर्द्धन, संस्कृति, शिक्षा, खेलकुद, आर्थिक विकासमा सहयोग आदानप्रदान गर्नेलगायत दुईपक्षीय हितका सन्दर्भमा महत्त्वपूर्ण कुराकानी भएको महानगरले बताएको छ । 

दुई नगरबीच मितेरी सम्बन्ध कायम गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी पनि गराइएको छ । नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पुग्नुका साथै पोखरा भ्रमण वर्ष, २०२५ घोषणा भएको अवसरमा चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले नगर प्रमुख आचार्यको नेतृत्वमा पोखरेली पर्यटन व्यवसायीको टोली चीन गएको हो । 

गत चैत ५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक सिचुआन एअरलाइन्सको  व्यवसायिक चार्टर्ड उडानमार्फत चीनको छेन्दु पुगेको टोलीले एक सातासम्म छेन्दु, लुझौं, चोङक्विङसहितका शहरमा पोखराको बजारीकरण गर्ने जनाइएको छ । टोली चैत १८ गते पोखरा फर्किने तालिका छ ।

टिप्पणीहरू