फर्कियो प्रधानसेनापतिको टोली

फर्कियो प्रधानसेनापतिको टोली
सुन्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देल नेतृत्वको सैनिक टोली कर्णालीबाट फर्किएको छ । सुदुर पश्चिमको कैलाली र कर्णालीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटनपछि सिग्देल सैनिक हेलिकप्टरमा काठमाडौँ आएका हुन् । 

ती सम्मेलनमा भाग लिन ३२ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानसेनापति राजधानीबाट उता गएका थिए । 

नेपाली सेनाको कल साइन एनए ०६२ कासा जहाजमा उत्तर–पश्चिम एयरबेश वीरेन्द्रनगर–१२ बाट सैनिक टोली काठमाडौँतर्फ उडेको हो ।

टिप्पणीहरू