१० हजार बढी भारतीय विदेशी जेलमा, युएईमै दुई दर्जन मृत्युको पखाईमा

भारत सरकारले विश्वका विभिन्न मुलुकका जेलमा रहेका आफ्ना नागरिक र संयुक्त अरब इमिरेट्समा मात्रै दुई दर्जनभन्दा बढी मृत्यु कुरेर बसिरहेको दुःखलाग्दो जानकारी गराएको छ । भारतीय माथिल्लो सदन राज्यसभामा बोल्दै विदेश राज्यमन्त्री कीर्ति वरदान सिंहले विदेशी जेलमा रहेका आफ्ना नागरिकको संख्या १० हजार १५२ पुगेको बताए ।
टाइम्स अफ इण्डियाका अनुसार मृत्युदण्डको पर्खाइमा रहेका भारतीयहरुमा युएईमा २५, साउदी अरेबियामा ११, मलेसियामा ६, कुवेतमा तीन र इण्डोनेसिया,कतार, यमन र अमेरिकामा एक एक जना छन् । भारत सरकारले उनीहरुको मृत्युदण्डमाथि पुनरावलोकनको निम्ति सम्बन्धित मुलुकमा आवश्यक पहल गरेको पनि राज्यमन्त्रीले संसदलाई जानकारी गराएका छन् ।
टिप्पणीहरू