रास्वपा सांसदले आफ्नो प्रगति विवरण सुनाउने

रास्वपा सांसदले आफ्नो प्रगति विवरण सुनाउने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्न लागेका छन् । 

भोलि राजधानीको वनस्थलीस्थित च:मती मल्टी भेन्युमा वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि समारोह शुरु हुने उनको सचिवालयले जनाएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठ तत्कालीन युवा तथा खेलकुदमन्त्री पनि हुन् ।

टिप्पणीहरू