राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन

राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन

राप्रपा नेपालका प्रवक्ता वसन्त मानसिंह अधिकारी बितेका छन् । 

केही समयदेखि अस्वस्थ भई अस्पतालमा उपचाररत उनको आज देहान्त भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अधिकारीको निधनबाट आफू मर्माहत भएको बताए । 

'यो दु:खद समाचार सुन्दा म मर्माहत र स्तव्ध भएको छु । बसन्तजी निष्ठावान, ईमान्दार र असल राष्ट्रवादी नेता हुनुहुन्थ्यो । उहाँको निधनबाट राप्रपा नेपाललाई अपुरणीय क्षति भएको छ', थापाले भर्खरै फेसबुकमा लेखेका छन् ।

टिप्पणीहरू