प्रधानमन्त्रीद्वारा शीतल निवासमा प्रतिवेदन पेश

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ ।
आज दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेर उहाँले आर्थिक वर्ष ०८०-८१ को वार्षिक प्रतिवेदन बुझाउनु भएको हो । प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू