रासायनिक मल त्यागौं, जैविक झोल मल हालौं

सरकारले गतवर्ष बजारमा पाइने तरकारी गुणस्तरबारे एउटा विस्तृत अध्यायन गरेको थियो । स्वास्थ्य र कृषि मन्त्रालयले संयुक्तरुपमा गरेको अध्ययनले उपभोक्ता ‘तरकारी’ को नाममा ‘विष’ खान बाध्य रहेको निष्कर्ष दियो । विषाक्त तरकारीले उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर तथा मुटुसम्बन्धी रोगका बिरामीहरु बढ्दै गएको अध्ययन प्रतिवेदनको निचोड छ ।
तरकारी तथा अन्नबाली स्वास्थ्यको लागि हानिकारक बन्दै जानुमा किसानले प्रयोग गर्ने रासायनिक मललाई प्रतिवेदनमा मुख्य कारक औंल्याइएको छ । बढ्दो रासायनिक मलको प्रयोगले जमिनको उर्बर (उब्जनी) शक्ति ह्रास हुँदै गएकोमा चिन्ता जनाइएको छ । तर, सरकारी तथा गैरसरकारी निकायहरुले गर्ने यस्ता अध्ययन प्रतिवेदन कार्यन्वयनमा राज्यले प्रभावकारी कदम नचल्दा नागरिकको भान्सामा ‘विष’ पाक्ने क्रम रोकिएको छैन ।
कृषि विज्ञहरुका अनुसार स्वस्थ तरकारी तथा अन्नबालीको मुख्य स्रोत माटो हो । तर, धेरै उत्पादन गर्ने नाममा रासायनिक मलको अत्याधिक प्रयोग हुँदा माटोको गुणस्तर खस्किँदै गएको छ । त्यसैले रासायनिक मलको ठाउँमा जैविक मल प्रयोग गर्नुपर्नेमा विज्ञहरुको जोड छ । नेखो मल्टी एग्रो कृषि फर्मका संस्थापक कामी शेर्पा भन्छन्, ‘स्वस्थ तरकारी उब्जाउने हो भने रासायनिक मल त्यागेर जैविक मलको प्रयोग गर्नुपर्छ ।’
विषाक्त तरकारी तथा अन्नबालीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहँदा शेर्पाको नेखो फर्मले किसानहरुलाई लक्षित गर्दै जैविक मल (टाइकोड्रामा, माइक्रो राइजा, इ.एम र झोल) बजारमा ल्याएको छ । बिग्रिएको अन्न (चामल, दाल, भटमास) लाई ब्याक्टेरियासँग मिश्रण गराएर घरेलु प्रविधिबाट तयार पारिएको जैविक मलले स्वस्थ्य तरकारी र अन्नबाली उत्पादन हुने उनी बताउँछन् ।
शेर्पाका अनुसार उक्त मलले माटोको उर्वर शक्तिलाई समेत बचाएर राख्ने काम गर्छ । भन्छन्, ‘रासायनिक मलको तुलनामा यो धेरै गुणस्तरीय मल हो, एक त यसले स्वस्थ तरकारी तथा अन्नबाली उत्पादनमा सहयोग गर्छ, अर्को यसले माटोको उत्पादन शक्ति ह्रास हुनबाट जोगाउँछ ।’
अहिले बजारमा ल्याइएको झोल मलको हकमा २५ लिटर पानी मिसाउनुपर्ने उनले जानकारी दिए । ‘झोल मल एक लिटरको बोटलमा हुन्छ, त्यसमा २५ लिटर पानी मिसाएर वनस्पतिको जरातिर हाल्नुपर्छ’, प्रयोग विधिबारे जानकारी दिँदै थपे, ‘टाइकोड्रामा, माइक्रो राइजा, इ.एमलाई चाहिँ पाँच लिटर पानीमा मात्रै मिसाएर छर्किए पुग्छ ।’
कोभिड महामारीको बेला शेर्पाले जैविक मल उत्पादनबारे बृहत्तर अध्ययन गरेका थिए । वनस्पतिविज्ञ, वातावरणविद्, विभिन्न चिकित्सकहरुसँग भेटेर छलफलपछि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–६ स्थित आफ्नै घरबाट उनले उत्पादन शुरु गरे ।
प्रारम्भमा विभिन्न नर्सरीहरुमा मल परीक्षण गरिएको र राम्रो नतिजा देखिएपछि किसान र सर्वसाधारणसम्म पुर्याइएको उनी बताउँछन् । पछिल्लो समय पूर्वका जिल्लाहरुमा नेखो फर्मले उत्पादन गरेका जैविक मलको डिमाण्ड ह्वात्तै बढेको छ । देशका अन्य जिल्लामा समेत राम्रो प्रभाव देखिन थालेको भनिएको छ ।
उक्त फर्मका जैविक मल खरिद गर्न शेर्पाको मोबाइल नम्बर ९८१६९८७८२३ र ९७४९३४१९६७ मा सम्पर्क गरी अर्डर लिन कृषकहरुलाई आग्रहसमेत गरिएको छ ।
टिप्पणीहरू