काँग्रेसको इतिहास सम्झाउँदै बालेनको कटाक्ष

संघीय सरकारमाथि कडा टिप्पणी गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहका प्रतिबद्धता कुरामै सीमित भएको आरोप लगाएका छन् ।
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने विषयहरु कुरा मात्रै बनेको उल्लेख गर्दै उनले सिंहलाई कार्यान्वयनबारे प्रश्न सोधेका छन् । आज सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै उनले काँग्रेस नेता गणेशमान सिंह, तत्कालीन मेयर पिएल सिंह र नेपाली काँग्रेसको इतिहास माटोमा नमिलाउन सुझाव दिएका छन् ।
त्यसैगरी, उनले आफूलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देशलाई नहराउन भनेका छन् । ‘माननीय शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सँधै कुरामै रह्यो । कहिले गर्ने हो ?’,उनले लेखेका छन्,‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देशचाँहि नहराउनुहोला । यत्रो गणेशमान सिंह, पिएल सिंह र नेपाली काँग्रेसको इतिहास माटोमा नमिसाउनुहोला ।’
टिप्पणीहरू