दुई कम्पनीमा अध्यक्ष नियुक्तिको तयारी

दुई कम्पनीमा अध्यक्ष नियुक्तिको तयारी
सुन्नुहोस्

सरकारले नेपाल ओरिण्ड म्याग्नेसाइट लिमिटेड र नेपाल मेटल कम्पनीमा अध्यक्ष नियुक्तिो तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती पदमा खुला प्रतिस्पर्धामार्फत् नियुक्तिका निम्ति दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी सात दिनभित्र आवेदन दिनुपर्ने छ । उम्मेदवारको न्यूनतम योग्यता मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने छ ।

टिप्पणीहरू