महानगरमा मेयर र नगरप्रहरी विरुद्ध नाराबाजी

महानगरमा मेयर र नगरप्रहरी विरुद्ध नाराबाजी
सुन्नुहोस्

कवाड व्यवसायीहरुले काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरु नगर परिक्रमापछि ‘बालेन चोर देश छोड’, ‘राजु पाण्डे मुर्दावाद’ को नारा लगाउँदै महानगर अगाडि पुगेका हुन् ।

‘नगर प्रहरी दमन मुर्दावाद’ भन्दै नगर प्रहरी प्रमुखविरुद्ध उग्र भएका हुन् । दिउँसो पत्रकार सम्मेलनमा आफ्ना कुरा राखेपछि उनीहरु महागनरमा ज्ञापन पत्र बुझाउन गएका हुन । कवाड व्यावसायिक समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा भएको भेलाले संघर्ष समितिसमेत गठन गरेको छ । 

कवाड व्यवसायी संघर्ष समितिमा ओमप्रकाश सिंह, जोगेन्दर शाह, मनोहर जैसवाल, सुरेश राजी, गोपा जैसवाललगायत छन् । उनीहरु भृकुटीमण्डपबाट सभागृह मोड, पुरानो बसपार्क, विद्युत प्राधिकरण, बागबजार, पुतलीसडक कमलादी हुँदै काठमाडौ महानगरपालिका कार्यालय गएका हुन् ।
 

टिप्पणीहरू