विपक्षीले सदन चर्काउने, सडक तताउने
प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको बिरोध गर्ने भएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलको निचोड छ । तर, संसदीय गतिविधि बाहेकका अन्यत्र दुई तिहाईको अर्थ रहँदैन ।
‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा संसदमा भएका विपक्षी दलहरुको बैठक बस्यौँ । मुख्यतः सोमबार राति भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयबिरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको बिरोध गर्नेछौँ’, परियारले भने ।
टिप्पणीहरू