आमसभाको लागि समाजवादी मोर्चाको बैठक आज

चार वामपन्थी राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाको आज बैठक बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालय, आलोकनगरमा दिँउसो ४ बजे बैठक बोलाइएको हो ।
बैठकमा १५ गतेको आमसभाको तयारीसहित समसामयिक राजनीतिक विषयमाथि छलफल हुने जनाइएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा बृहत सभा गर्दैछ ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छ ।
टिप्पणीहरू