कमरेड अशोकको निधनले वामदेव मर्माहत

वामपन्थी नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।
दिवंगत कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले आफू दु:खी भएको बताउनुभएको हो । गौतमले भर्खरै जारी गरेको शोक वक्तव्यमा भनिएको छ, 'एकता अभियान पार्टीका म वामदेव गौतम, क. तुल्सि थापा क. लोकनाथ धमला र क. दिपक टमटा उहाँको शव राखिएको स्थानमा पुगेर भावपूर्ण श्रद्धाञ्जली दियौँ । यस दु:खद अवसरमा उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ !'
नेपालगंज घर भएका पुराना कम्युनिष्ट नेता कोइरालाको मस्तिस्कघातका कारण हिजो बिहान देहान्त भएको हो । विद्यार्थी राजनीतिबाट वाम आन्दोलनमा लागेका उनी वि.सं.२०४० सालदेखि नेकपा माले, एमाले हुँदै पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए ।
एमालेमा रहँदा राप्ती-भेरी, कर्णाली-सेती र महाकालीको इञ्चार्ज भएर काम गरेका दिवंगत कोइरालाको सिंगो परिवार कम्युनिष्ट आन्दोलनका जोडिएका थिए । भूमिगत काममा नेपालगंजस्थित उनको घर पार्टीको सुरक्षित सेल्टर रहेको वामदेवले स्मरण गरेका छन् ।
टिप्पणीहरू