एमालेका जिल्ला नेता खुमलटार पुगेर माओवादीमा मिसिए

नेकपा एमाले रसुवाका एक नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेको जिल्ला कमिटी सदस्य पद छोडेर कामीजेमु घले माओवादीमा मिसिएकी हुन् ।
पार्टी प्रवेशका लागि रसुवाका माओवादी नेताहरुसँगै उनी आज बिहान प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । माओवादी अध्यक्ष प्रचण्डले घलेलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।
टिप्पणीहरू