सभास्थल छाडेका प्रदर्शनकारीलाई फर्काउँदै दुर्गा प्रसाईं

प्रहरीसँगको घम्साघम्सी र अश्रुग्याँस प्रहारपछि तितरबितर भएका राजावादीहरु तीनकुनेमा एकत्रित हुन थालेका छन् । प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा फालेपछि केही नेता र प्रदर्शनकारीहरु प्रधानमन्त्री र गणतन्त्रविरोधी नारा लगाउँदै तीनकुनेबाट बाहिरिएका थिए ।
आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाईंको आह्वानपछि उनीहरु तीनकुनेको सभास्थलमा फर्कन थालेका हुन् । उनले आन्दोलनकारीलाई संयमित रहन र प्रहरीलाई पनि बल प्रयोग नगर्न आग्रक गरेका छन् ।
टिप्पणीहरू