माओवादी अध्यक्ष नेपालगञ्जमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुग्नुभएको छ ।
पार्टी र जनवर्गीय संगठनका विभिन्न कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै उहाँ आज बिहान त्यता जानुभएको हो । स्थानीय माओवादी नेता तथा कार्यकर्ताले प्रचण्डलाई नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
अध्यक्ष प्रचण्डले अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्दघाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । त्यसैगरी, जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत भोलि र पर्सि बाँके र बर्दियाका कार्यक्रममा पनि उहाँको सहभागिता रहने भनिएको छ ।
टिप्पणीहरू