सिन्धुपाल्चोकमा एमालेको टिकट तानातान
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति आउन एक साता पनि बाँकी छैन । तर राजनीतिक दलहरूका लागि उम्मेदवार छनोट भने मुश्किल छ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्ना एकल उम्मेदवार सिफारिस गरिसकेकाले मनोनयन प्रक्रियामा खासै झन्झट छैन । तर नेकपा एमाले भने अझै पनि कसलाई अगाडि सार्ने भन्ने अलमलमै छ।
क्षेत्र,जिल्ला हुँदै बागमती प्रदेश कमिटीसम्म पुगेका नामहरू जस्ताको तस्तै केन्द्रमा थुपारिएका छन् । अब अन्तिम फैसला केन्द्रले गर्ने भनिए पनि त्योभन्दा पहिल्यै सिन्धुपाल्चोक–१ मा एमालेको टिकट खुलेआम ‘किनबेच’ भइरहेको चर्चा बजारमा छ ।
अघिल्लो चुनावमा एमालेको तर्फबाट प्रतिस्पर्धा गरेका पूर्व केन्द्रीय सदस्य सरेश नेपालले चाहेसम्म अरू कसैले टिकट पाउने सम्भावना छैन । तर नेपाल यसपटक चुनाव नलड्ने मनस्थितिमा पुगेको स्रोतको दावी छ। कारण स्पष्ट -कांग्रेसका हेभिवेट मोहन बस्नेत र माओवादीका माधव सापकोटासँगको प्रतिष्पर्धा आत्मघाती हुने आकलन ।
त्यसमाथि बस्नेत–नेपालबीचको ‘अदृश्य समझदारी’ नयाँ होइन । विगतदेखि नै एक–अर्कालाई सघाउँदै आएका उनीहरूबीच प्रत्यक्ष भिडन्त हुने सम्भावना न्यून छ । तर वास्तविक कारण अझ गहिरो छ-अघिल्लो चुनावको ऋण अझै चुक्ता भएको छैन।
स्रोतका अनुसार यही ऋणकै कारण नेपाल यो चुनावबाट पन्छिन बाध्य भएका हुन् । “नयाँ पुस्तालाई अवसर” र “पारिवारिक कारण” देखाएर नेपाल पन्छिएजस्तो देखिए पनि भित्री कुरा भने ऋण र हारको त्रास नै हो । नेपालपछि टिकटको दाबेदारका रूपमा देखिएका छन् जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ।
बाह्रविसे नगरपालिकाको पूर्व मेयर र बाह्रबिसे मात्रै होइन क्षेत्र नम्बर १ मा नै राम्रो ग्राउण्ड भएका शेर्पालाई रोक्नका लागि सरेश नेपाल,होमनारायण श्रेष्ठ, केन्द्रीय सदस्य शेरबहादुर तामाङ,प्रदेश सदस्य अशोक चौलागाईं लगायतको जोडबलमा एमालेको साधारण सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिसकिएको तथ्यले एमालेभित्रको अन्तर्कलह झन् छरपस्ट बनाएको छ।
केपी ओलीसँगको निकटताका कारण टिकट ल्याउन सक्ने क्षमता भए पनि ग्राउण्ड रियालिटी भने शून्य छ। क्षेत्र नम्बर १ मा उनी चौथो स्थानसम्म पुग्ने आंकलन भएपछि श्रेष्ठ स्वयं पनि चुनावमा खासै उत्साहित छैनन् । त्यसमाथि प्रदेश चुनावकै ऋण अझै टाउकोमाथि छ । यसरी सरेश नेपाल र होमनारायण श्रेष्ठ-दुवै ऋणले थिचिएका, चुनावबाट भाग्न चाहने अवस्थामा पुगेपछि नयाँ खेल शुरु भएको छ ।
त्यसैको परिणामस्वरूप भर्खरै ४० वर्षमुनिको क्लष्टरबाट महाधिवेशन प्रतिनिधि जितेका आङदोर्जे शेर्पालाई अगाडि सार्ने योजना बनाइएको स्रोतको दावी छ । व्यापारबाट राम्रै कमाइ गरेका शेर्पालाई अगाडि सारेर अघिल्लो चुनावको ऋण तिर्ने र आफू ‘त्यागी नेता’ बन्न लागेको स्रोत बताउँछ। शेर्पा पनि टिकट सुनिश्चित गर्न एमालेका प्रभावशाली नेताहरू पृथ्वीसुब्बा गुरुङ,भानुभक्त ढकाल,साथै सचिव महेश बस्नेतसम्म धाइरहेका छन् ।
तर यहाँ अर्को ठूलो ट्विस्ट छ । शेर्पाका ठूला बुबा,बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पा नै सबैभन्दा ठूलो बाधक बनेका छन् । “नजित्ने चुनावमा सोझा शेर्पालाई मोहरा बनाइँदैछ” भन्दै निमफुञ्जो खुलेआम आङदोर्जेको उम्मेदवारीको विरोध गर्दै आएका छन् । स्रोतका अनुसार यदि आङदोर्जे एमालेबाट उम्मेदवार बने निमफुञ्जो शेर्पा रास्वपाबाट मैदानमा उत्रिने सम्भावना छ।
बाह्रविसे नगरपालिकाको पूर्व मेयर र बाह्रबिसे मात्रै होइन क्षेत्र नम्बर १ मा नै राम्रो ग्राउण्ड भएका शेर्पालाई रोक्नका लागि सरेश नेपाल,होमनारायण श्रेष्ठ, केन्द्रीय सदस्य शेरबहादुर तामाङ,प्रदेश सदस्य अशोक चौलागाईं लगायतको जोडबलमा एमालेको साधारण सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिसकिएको तथ्यले एमालेभित्रको अन्तर्कलह झन् छरपस्ट बनाएको छ।
सिन्धुपाल्चोक–१ मा चुनावी प्रतिस्पर्धाभन्दा ठूलो लडाइँ अहिले एमालेभित्रै चलिरहेको छ-लडाइँ सिद्धान्तको होइन,लडाइँ टिकटको होइन,लडाइँ ऋण, सौदाबाजी र ‘एटीएम उम्मेदवार’ को हो भन्ने मा भइरहेको एमाले नेता,कार्यकर्ताको बुझाई छ ।
आङदोर्जे शेर्पाले केही महिनाअगाडि टिकट पाए १५ करोडसम्म खर्च गर्ने सार्वजनिक रूपमा नै बताएका थिए । यसअघि इस्वर पोखरेल खेमामा रहेका उनी प्रतिनिधि सभा-१ को टिकट पाउनकै लागि रातारात ओलीतिर लागेको बताइन्छ ।
टिप्पणीहरू