रविन्द्र मिश्र र धवल शमशेर थप ६ दिन हिरासतमा

गत शुक्रबारको राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद तथा महामन्त्री धवल शमशेर राणालाई थप ६ दिन प्रहरी हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुसहित ४१ जनालाई छ दिनको म्याद थपेको छ ।
आपराधिक उपद्रव र संगठित अपराधमा परेका ३० जना र राज्यविरुद्धको कसुरमा ११ जनासमेत ४१ जनालाई यसअघि पाँच दिनको म्याद थपिएको थियो । हिजो पक्राउ परेका डेढ दर्जनमाथि प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू