रेडक्रस अध्यक्ष निलम्बित, राजनीतिक आडमा खेलोफड्को गरेको आरोप

रेडक्रस अध्यक्ष निलम्बित, राजनीतिक आडमा खेलोफड्को गरेको आरोप

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरिएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीको निर्देशनपछि अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको जनाइएको छ ।

उपाध्यक्ष विशाल भण्डारीलाई पठाइएको पत्रमा आइएफआरसीले उनीहरूले रेडक्रसको मूल्य, मान्यता र सिद्धान्तलाई बिर्सेर राजनीतिक आडमा विभिन्न लाभ र बदमासी गरेको आरोप लगाएको बुझिएको छ ।

टिप्पणीहरू