रातिको भूकम्पमा तीन जना घाइते, एक घरमा क्षति

हिजो बेलुकीको भूकम्पमा तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका ९, पैक केन्द्रबिन्दु बनाएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पपछि भागदौडमा उनीहरु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिका–२ रिसाङकी ४९ वर्षीया कमला कार्की, ४ नम्बर वडाका ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय विरेन्द्र भण्डारी घाइते भएका छन् । भूकम्पबाट भेरी नगरपालिका १० स्थित कमला गोसाईंको एक तल्ले पक्की घरको भित्तो भत्केको छ । घाइतेहरु सबै स्थानीय अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
जाजरकोटमा हिजो राति ८ः०७ मा ५.२ म्याग्निच्युड र तीन मीनेटपछि ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
टिप्पणीहरू