बालेनसँग लडेकी सुनिता भर्खरै बेल्जियमतिर

बालेनसँग लडेकी सुनिता भर्खरै बेल्जियमतिर

‘कसैलाई के को धन्दा घरज्वाईँलाई खानको धन्दा’ भन्ने उखान काठमाडौं महानगरपालिकाको हकमा हुबहु लागु हुन्छ । बालेन्द्र साहलाई उनको सचिवालयले चलाउँछ । सल्लाहकार कुमार व्यञ्जनकारले लेखिदिएको ‘स्टाटस’ सामाजिक सञ्जालमा पोष्ट्याएर बन्द कोठामा बसी उनी रमाउँछन् । सँगै हुन्छन् भारतको बैङ्गलोरमा पढ्दाका ‘रुममेट’ सुनिल लम्साल । जसले वातावरण विभागदेखि सूचना प्रविधि विभाग,नक्सा विभागसम्म ह्याण्डल गर्छन् । अनि बालेनको अफिसियल काम कार्वाही भने सवै निजी सचिव भूपदेवले गर्छन् । यो कुरा कतिलाई पत्याउन नै गाह्रो पर्ला । तर महानगरमा हुन्छ नै त्यही र भइरहेको छ पनि त्यही  ।

मेयरले सहज रुपमा काम गर्न सकेनन् भने उपमेयरले त्यसलाई सही बाटोमा डोर्याउनु पर्दथ्यो । तर महानगरमा विगत करिव ३ वर्ष त्यो पनि भएन । मेयरलाई सचिवालयले चलाउँथ्यो । उपमेयरलाई पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र उनकी पत्नी अन्जान शाक्यले । 

जसले जसलाई चलाए पनि वा घुमाए पनि घरमुलीको रुपमा रहेका मेयर र उपमेयर अस्ती बिहिबार अघिसम्म गोप्य सल्लाहसहित अगाडि बढ्थे । मेयर जसो जसो भन्थे उपमेयर उसै उसै मान्थिन् । मेयरलाई आएको अधिकांश विदेश कार्यक्रममा उपमेयरलाई पठाइदिन्थे । उपमेयर पनि दङ्ग पर्दै विदेश शयर गर्थिन् । आज शनिबार साँझ पनि त्यही पहिलेकै सहमतिअनुसार उपमेयर सुनिता बेल्जियमतर्फ उडेकी छन् । 

"सरोज गुरागाईले जिम्मेवारी त सम्हाले तर उनी माथिका मेयर,उपमेयर घुम्न नै व्यस्त हुँदा कार्यालय अझै अस्तव्यस्त भइरहेको छ ।

काठमाडौं महानगरपालिका ३ महिनादेखि अस्तव्यस्त थियो । प्रधानमन्त्री ओली र मेयर बालेनको व्यक्तिगत द्वन्द्वको मारमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पर्ने गर्दथे । त्यसको शिकारमा सरोज गुरागाइँ पनि परे । ३ महिनासम्म मानसिक तनाव खेपेका गुरागाईलाई २८ जना वडा अध्यक्ष र कर्मचारीहरुले बेहुला जस्तै गरी भित्र्याएपछि भने उनको हाइट बढेको छ । 

सरोज गुरागाईले जिम्मेवारी त सम्हाले तर उनी माथिका मेयर,उपमेयर घुम्न नै व्यस्त हुँदा कार्यालय अझै अस्तव्यस्त भइरहेको छ । ३ महिनादेखि कार्यालय अस्तव्यस्त हुँदा पनि वास्तै नगरेर मेयर बालेन केही दिनदेखि काठमाडौं छाडी घुमघाम र जडिबुटीको मस्तराममा रमाएको सामाजिक सञ्जालमा उनी निकटले पोष्ट्याएका तस्वीरले नै पुष्टि गर्दछ । मेयर बालेन त र्यापर स्टाइलले हिडिँदिन्छन् । त्यसैको सिको गर्दै उपमेयर सुनिता पनि विदेश भ्रमणको अवसर पाए जस्तोसुकै अवस्थामा पनि हिंडिदिन्छिन् त्यसको ज्वलन्त उदाहरण शनिवारको बेल्जियम भ्रमण हो । 

बिहिबार मात्र सरोज गुरागाईलाई स्वागत गरेर मेयर बालेनमाथि बन्द कोठामा बसी निर्देशन नदिन चर्किँदै आरोप लगाउने उनै उपमेयरलाई मेयरका निजी सचिव भूपदेवले एक टेलिभिजनमार्फत जेल जान चेतावनी दिएका छन् । मेयरको निजी सचिवले त्यसरी चेतावनी दिँदासमेत मौन बसेर अस्तव्यस्त महानगरलाई सही बाटोमा ल्याउन छाडी उनी किन बेल्जियमतिर लागिन् होला ? मेयर एकातिर मस्त,उपमेयर अर्कोतिर ब्यस्त भइरहँदा महानगरको कार्य भने पूर्ण रुपमा ध्वस्त  भइरहेको देखिन्छ ।

टिप्पणीहरू