राजधानीमा जुवाको खाल, नौ जनाको साथबाट डेढ लाख बरामद

राजधानीमा जुवाको खाल, नौ जनाको साथबाट डेढ लाख बरामद

प्रहरीले जुवा खेलिरहेको अवस्थामा राजधानीमा नौ जनालाई पक्रेको छ । अस्ति राति नागार्जुन नगरपालिकाको रानीवनस्थित देवबहादुर सुनारको घरमा जुवाको खालबाट तीन बुक तास र एक लाख ५७ हजार ८०० रुपैयाँ बरामद गरेको बताइएको छ ।

पक्राउ परेकामा सुनारसहित गोरखा भिमसेनथापा गाँउपालिकाका टुकाराम पन्त, उत्सव विक, गोरखाको अजिरकोट गाँउपालिका खुतराज सापकोटा, गोरखाको शहिद लखन गाँउपालिकाका मोहन लामिछाने, गोरखाको गण्डकी गाँउपालिकाका देवराज खनाल हुन् । त्यस्तै गोरखाकै भिमसेनथापा गाँउपालिकाका सुरज गुरुङ, नुवाकोटको तारकेश्वर गाँउपालिका ठाकुर लामिछाने, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका गोपालप्रसाद बन्जारा पनि प्रहरी हिरासतमा पुगेका छन् ।

टिप्पणीहरू