बारमा एमाले–काँग्रेस गठबन्धनको अग्रता

बारमा एमाले–काँग्रेस गठबन्धनको अग्रता

नेपाल बार एशोसियनको शनिबार भएको निर्वाचनको मतगणनामा एमाले र काँग्रेस निकट कानुन व्यवसायीहरुको समूह नै अगाडि देखिएको छ । एमालेको पीपीएलए र काँग्रेसको डीएलएले अध्यक्षमा उठाएका साझा उम्मेदवार विजयप्रसाद मिश्रले अग्रता लिएका छन् । उनी नौ सयको हाराहारीमा रहँदा निकटतम प्रतिद्वन्दी रमनकुमार श्रेष्ठको मत साढे पाँच सयको वरपर छ ।

रमन नेतृत्वको प्यानल नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठनलगायतका हुन् । महासचिवम पनि सत्ता गठबन्धनका केदार कोइरालाले विपक्षी गठबन्धनका यज्ञमणि न्यौपानेलाई आधा मतान्तरले पछाडि पारेको बताइन्छ । 

निर्वाचनमा जम्मा नौ हजार ९९७ मतदातामध्ये सात हजार ९९५ मत खसेको थियो । हालसम्म दुई हजार हाराहारी मत गणना भएको जनाइएको छ ।
 

टिप्पणीहरू