महानगरका एसएसपीको फुली खोसिँदै

महानगरका एसएसपीको फुली खोसिँदै

मेयर बालेन साहको लह लहैमा अराजक गतिविधिमा रमाएका काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथि कारबाही हुने भएको छ । पाण्डेलाई प्रचलित कानुनविपरित फुली र जिम्मेवारी दिएको आरोपमा मेयर साहसमेत मुछिएका छन् ।

कार्यकारी अधिकृत सरोज गुरागाईंलाई महिनौंदेखि कार्यालय प्रवेशमा रोक लगाएका साहले गत साता पनि रोक्न दिएको निर्देशन कार्यान्वयनमा पाण्डे नेतृत्वको सुरक्षा टोलीले निकै ठूलो बल गरेको थियो । वडाध्यक्षहरु र कर्मचारीहरुले गुरागाईंलाई कार्यालय प्रवेश गराएपछि सोमबारदेखि उनीहरुको पाँच महिनादेखि रोकिएको तलब,भत्ता र सुविधा सबै निकासा भइसकेको छ ।

कानुनतः कार्यकारी अधिकृत मातहत खटनपटन हुनुपर्ने महानगरीय प्रहरी बल गैरकानुनी रुपमा मेयरको आदेशमा चल्दै आएको थियो । पुनः पदबहाली गरेका कार्यकारी अधिकृत गुरागाईंसमक्ष स्यालुट गर्दै विगतमा भएको कमी कमजोरीबारे पश्चाताप गरेका उनै पाण्डेको फुली नगर कार्यपालिकाले खोस्ने तयारी गरेको बुझिएको छ ।

उनलाई अवैध रुपमा तीन वर्षदेखि मेयरले एसएसपीको दर्जा दिएका छन्  । विशेषतः नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा मात्रै कानुनतः त्यस्तो दर्जा दिइन्छ । सुरक्षा निकायको जस्तै पोशाक,दर्जा र फुली भिरेर हिँँडेका राजुु र मातहतका कर्मचारीलाई दिइएको गैरकानुनी पद तत्काल खोस्ने तयारी भएको हो ।

स्रोत भन्छ, ‘त्यसरी सुरक्षा निकायको दर्जा दिन वा लिन पाईंदैन । प्रहरी, एपीएफको जस्तै पोशाक र फुली लगाउन नियमानुसार झन मिल्दैन । त्यसका लागि गृह मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ ।’ उनले पुलिसको दर्जा उल्लेख गर्दै प्रहरीको काम गर्न अरुले नमिल्ने स्रोतको भनाइ छ । 

महानगरका सुरक्षाकर्मीको जिम्मेवारी र दायित्व नगरभित्रको फोहोर मैला व्यवस्थापनमा सहजीकरण गर्ने, फुटपाथ तथा अन्य भीडयुक्त स्थानमा नागरिकलाई सुरक्षा र सहजीकरण गरिदिने मुख्य हुने विज्ञहरुक बताउँछन् । नक्सा पास, सोबमोजिम निर्माणाधीन भवनको अनुगमनको कार्य पनि उनीहरुको क्षेत्रभित्र पर्छ । तर, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोले जस्तो छापा हान्ने, पक्रने काम महानगर प्रहरीको नभएको गृहका अधिकारीहरुको दाबी छ ।

टिप्पणीहरू