भारतीय टिभी श्रृंखला रामायणका ‘राम’ काठमाडौंमा

हिन्दी टेलिभिजन श्रृंखला रामायणमा ‘राम’ को भूमिका खेल्ने अरुण चन्द्रप्रकाश गोभिल काठमाडौं आएका छन् । उनी श्रीमती श्रीलेखा गोभिलसहित मुम्बईबाट दिउँसो २ बजे इन्डिगो एयरलाइन्सको उडानमा आएका हुन् ।
ब्यापारी अरुण चौधरीको निम्तोमा आएका लोकसभा सांसद गोभिल दम्पतिको स्वागतका लागि भारतीय दूतावासका प्रोटोकल अफिसर सुधिर डंगोल र सुनिल महर्जनसहित स्वयम् चौधरी पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएका उनी भोलि नेपाली सेनाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदैछन् । आर्मी अफिसर्स क्लबले मूलपानीमा सञ्चालन गर्दै आएको ‘आमाको माया’ छात्रावासको वार्षिकोत्सव कार्यक्रममा उनी सहभागी हुने छन् ।
उनीहरु पर्सि दिउँसो ३ बजे सोही एअरलाइन्सको उडानमा काठमाडौंबाट मुम्बई फर्कने कार्यक्रम छ ।
६७ वर्षे अरुण गोभिलले महाभारतसहित ‘पहेली’ (१९७७), ‘सावन को आने दो’ (१९७९), ‘साँच को आँच नहीं’ (१९७९), ‘जिओ तो ऐसे जियो’ (१९८१), ‘हिम्मतवाला’ (१९८३) र ‘दिलवाला’ (१९८६) लगायत हिन्दी चलचित्रहरूमा अभिनय गरेका छन् ।
उनको जन्म भारतीय राज्य उत्तर प्रदेशको मेरठमा भएको हो ।
टिप्पणीहरू