फिल्म निर्मातासँग पुरस्कारका लागि निवेदन माग

राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन मागिएको छ । चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा प्रदान गर्न लागिएको पुरस्कारका निम्ति दरखास्त खुलेको हो ।
बोर्डले आज सूचना जारी गर्दै २०८१ वैशाख १ गतेदेखि चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रका निर्माताहरुलाई आवेदन दिन भनेको छ । विशेष, आदिवासी तथा जनजाति मातृभाषाका चलचित्रको हकमा भने सो अवधिभित्र जाँचपास भएको हुनुपर्ने जनाइएको छ ।
सूचनामा उल्लेख छ, ‘पुरस्कारमा सहभागी हुन मिति २०८१ वैशाख १ गतेदेखि २०८१ चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु, विशेष चलचित्र तथा आदिवासी, जनजाति मातृभाषाका चलचित्रहरुको हकमा मिति २०८१ वैशाख १ गतेदेखि २०८१ चैत मसान्तभित्र जाँचपास भएका नेपाली चलचित्रका निर्माताहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
टिप्पणीहरू