ओलीको रिसमा नदेखाऊँ देशको दुर्दशा

ओलीको रिसमा नदेखाऊँ देशको दुर्दशा

भारतीय प्रधानमन्त्री मोदीसँग हाम्रा प्रधानमन्त्रीले नभेट्दा देशै संकटमा पर्ने र भेट्दा फलिफाप हुने हो र ! यसैलाई इज्जत र प्रतिष्ठाको विषय बनाएर फेसबुकका भित्ता र अनलाइनका पाना भर्ने काम थुप्रै भए । भेट हुनु र नहुनुले तात्विक भिन्नता राख्दैन । आफ्नो मान्छे ठीक हुँदा सबै कुरा ठीक हुन्छ ।

रामराजाप्रसाद सिंह गोइत र नागेन्द्र उर्फ ज्वालाप्रसाद पासवानहरू उतै हुन् । हुँदाहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध लागेका दुर्गा प्रसाईं पनि भारततिरै छिरेका छन् । यस्ता समस्या ज्यूँकात्युँ रहने भएपछि दुई प्रधानमन्त्रीबीचको भेट मात्रै कसरी उपलब्धिमुलक हुन सक्छ ? मोदीले ओलीलाई निम्तो नदिएको र सोको तारतम्य मिलाउनका लागि परराष्ट्रमन्त्री आरजु देउवालाई पठाउँदा पनि कुनै चासो नदिएकाले यस पटकको  भेटलाई अर्थपूर्ण भन्दै परिभाषित गर्न थालिएको बताइन्छ । मोदी फुर्सदमा नभएको बेला के हाम्रा प्रधानमन्त्री फुर्सदैफुर्सदमा छन् भन्दै उनलाई भेट्न हतारिनुपर्ने हो ? नेपाली मिडिया किन आफ्नै प्रधानमन्त्रीको हुर्मत लिन अघि सरेका हुन् ? दुवै प्रधानमन्त्रीबीच एकल वार्ता हुँदा इपिजीको प्रतिवेदन बुझ्ने कुराको स्मरण गर्नु पर्दैन वा चुच्चे नक्साको प्रसंग छेडिनु पर्दैन । 

यसबीच नेपालमा अर्थ, वाणिज्य, शिक्षा र स्वास्थ्य मन्त्रालयमा दुई–दुई जना सचिव छन् । यसैगरी कामको भार भएका अन्य मन्त्रालयमा पनि अतिरिक्त सचिव पद सिर्जना गर्ने तयारी भइरहेको बताइन्छ । जसअनुरूप दुई–दुई जना सचिव रहेका मन्त्रालयमा एक जनालाई अतिरिक्त सचिवको जिम्मेवारी दिने सोच बनेको छ । अतिरिक्त सचिवहरूले जिम्मेवारी पाउने ठुल्ठूलो विभागको रूपमा आन्तरिक राजश्व, वाणिज्य, भन्सार, सडक र राहदानीलगायत विभाग छन् ।
 

टिप्पणीहरू