ट्रम्पको उच्च भन्सार घोषणापछि एसियाली नेताहरुको महत्वपूर्ण भेटघाट

चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वटा दक्षिणपूर्वी एसियाली राष्ट्रको राजकीय भ्रमणको क्रममा आज भियतनाम पुग्नुभएको छ । राजधानी हनोइमा उहाँको भव्य स्वागत गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार दर लगाएका मुलुकहरुमध्ये चीनसँगै भियतनाम, मलेसिया र कम्बोडिया पनि हुन् । चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा अमेरिकाले लगाएको उच्च भन्सारपछिको अन्तर्राष्ट्रिय व्यापारको नयाँ आयामबारे छलफल हुने बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवसमेत रहनुभएका चिनियाँ राष्ट्रपतिको भियतनाम कम्युनिष्ट पार्टीका महासचिव तो लामले औपचारिक स्वागत गर्नुभएको छ । स्वागतसँगै दुई मुलुकका कम्युनिष्ट पार्टीबीचको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याउन पार्टी तहमा पनि महत्वपूर्ण कुराकानी भएको छ ।
राष्ट्रपति लुओङ कुओङसँग चिनियाँ राष्ट्रपति सिले दुई मुलकबीच सरकारी तहमा औपचारिक कुराकानी हुँदै छ ।
टिप्पणीहरू