म्यानमारका भूकम्प पीडितलाई खीर खुवाउँदै नेपाली

म्यान्मारमा दुई साताअघि गएको विनाशकारी भूकम्पमा झण्डै ३५ सय जनाको ज्यान गएको छ । नेपाली भाषीहरुको समेत बाक्लो बसोबास रहेको त्यहाँ भूकम्पमा परेर झण्डै डेढ दर्जनको निधन भएको छ । भूकम्पमा मुलुकभर दुई सयभन्दा बढी हराइरहेको बताइन्छ ।
भूकम्पको क्षति सबैभन्दा धेरै माण्डले शहर र वरपरको क्षेत्रले व्यहोरेको छ । मानवीयसँगै भौतिक क्षतिको हालसम्म आकलन हुन सकेको छैन । भूकम्प पीडितको उद्धार र राहतमा छिमेकी मुलुकहहरु चीन, थाइल्याण्ड, भारत, बंगलादेश, नेपाललगायत धेरै मुलुक जुटेका छन् ।
त्यसरी जुट्नेमध्ये एक जना नेपाली पनि हुन् । समाजसेवी कालु पौड्यालले आफूले सरकारी निकाय र संयन्त्र नपुगेको स्थानका व्यक्तिलाई खिर खुवाएको, पीडितहरुलाई राहत बाँडेको बताएका छन् ।
टिप्पणीहरू