राजेश हमालले देखाए नयाँ घर

राजेश हमालले देखाए नयाँ घर

महानायक राजेश हमालले आफ्ना समर्थकहरुलाई नयाँ घर देखाएका छन् । आज फेसबुकमा भिडियो पोस्ट गर्दै उनले घरको संरचना र इन्टेरिएर डिजाइन सार्वजनिक गरेका हुन् । 

हमाल दम्पत्ति नयाँ वर्षको अवसर पारेर हिजो बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा बनाएको आलिशान बंगलामा सरेका थिए । कपुरधाराको पुरानो घर भत्काएपछि केही महिना बूढानीलकण्ठमै भाडामा बस्दै आएका साइत जुराएर घर प्रवेश गरेका हुन् । 

बताइएअनुसार हमालले घर निर्माणमा मात्रै १६ करोडभन्दा बढी खर्च गरेका छन् । सार्वजनिक भिडिओमा घरको बाह्य संरचना र भित्रको डिजाइन निकै आकर्षक देखिन्छ । घरबाहिरको बगैँचानजिक ढुंगेधारा पनि छ ।

टिप्पणीहरू