पाटन दरबार स्क्वायरमा सांस्कृतिक कार्यक्रम
जिल्ला प्रहरी परिसर, ललितपुरले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आउँदो माघ ५ गते दिउँसो साढे १ बजे कार्यक्रम गर्न लागिएको हो । ललितपुर महानगरपालिका–१६, पाटन दरबार स्क्वायरमा कार्यक्रम हुने परिसरले जनाएको छ ।
परिसरका अनुसार कार्यक्रममा किरण केसी, निशा देशार, मदनकृष्ण श्रेष्ठ, यमनकुष्ण श्रेष्ठ, प्रमोद खरेल, आनन्द कार्की, आस्था राउत, एलिस राईलगायतका कलाकारहरुले प्रस्तुति दिनेछन् ।
त्यसैगरी, सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुने परिसरले जानकारी दिएको छ ।
टिप्पणीहरू