दीक्षान्तमा लगाएको गाउनको धरौटी फिर्ताका लागि ताकेता

दीक्षान्तमा लगाएको गाउनको धरौटी फिर्ताका लागि ताकेता

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा लगाइने गाउनको लागि जम्मा गरेको धरौटी रकम फिर्ता नपाएका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै विद्यार्थीले अनलाइनमार्फत भरेको विवरणमा रकम फिर्ता गर्न बैंकमार्फत पटक-पटक प्रयास गर्दासमेत हुन नसकेको जनाएको छ । कार्यालयले रकम फिर्ता हुन नसकेका विद्यार्थीलाई यही वैशाख १५ गतेभित्र आफ्नो नाम, थर, बैंकको नाम, शाखा र खाता नम्बर प्रष्ट रुपमा उल्लेख गरी लेखा शाखाले तयार गरेको निवेदनको ढाँचाअनुसार विवरण भरेर बुझाउन भनेको छ । 

तोकिएको समयभित्र निवेदन प्राप्त नभएमा उक्त रकम कार्यालयको आम्दानीमा बाँधिनेसमेत सूचनामा जनाइएको छ । त्रिविको ५० औं दीक्षान्त समारोह गत पुसमा सम्पन्न भएको थियो ।

टिप्पणीहरू