घण्टीको सहमहामन्त्रीबाट राजीनामा दिने सुमनाको तयारी

घण्टीको सहमहामन्त्रीबाट राजीनामा दिने सुमनाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने तयारी थालेकी छन् । सभापति रवि लामिछाने जेल परेपछि ‘गुप्त अभियान’ चलाइरहेकी उनले पार्टी केन्द्रीय समितिको आजको बैठकमा राजीनामा बुझाउन लागेको स्रोत बताउँछ । 

‘उहाँ अगाडिदेखि नै राजीनामा दिने तयारी गर्दै हुनुहुन्थ्यो । विभिन्न घटनाक्रमले दिन सक्नुभएन । आजको पार्टी बैठकमा राजीनामा बुझाउने तयारी गर्नुभएको छ’,स्रोतले भन्यो । सुमना यतिबेला २०८४ को चुनावलाई लक्षित गरी देश दौडाहामा छिन् । 

‘उहाँको अहिले व्यापक दौड चलिरहेको छ । २०८४ को चुनावको तयारी गर्दै हुनुहुन्छ । बौद्धिक समूह,आमा समूहहरुसँग तीव्र भेटघाट भइरहेको छ ।’

स्वतन्त्रहरुको छुट्टै समूह बनाएर चुनावमा जाने सोच बनाएकी उनले बौद्धिक व्यक्तिहरुसँग छलफल शुरु गरेकी छन् । स्रोत भन्छ,‘उहाँको अहिले व्यापक दौड चलिरहेको छ । २०८४ को चुनावको तयारी गर्दै हुनुहुन्छ । बौद्धिक समूह,आमा समूहहरुसँग तीव्र भेटघाट भइरहेको छ ।’

यता, रास्वपाका प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले उनले राजीनामा दिन लागेकोबारे कुनै जानकारी नभएको बताए । जनआस्थासँग भने,‘मलाई उहाँले राजीनामा दिन लाग्नुभएकोबारे कुनै जानकारी भएन ।’

टिप्पणीहरू